FAQs Complain Problems

राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना

२०८१ जेठ २१ गते ।

रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ४ नं वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे, सामाजिक अभियान्ता राजेन्द्र वि.क., कार्यपालिका सदस्यहरू महेश बराल, गिता राना, सुकमाया वि.क., वडा सदस्यहरू मुना परियार, शान्ता बम्‍रेल, दान बहादुर थामीको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका १२ कक्षा उत्तिर्ण (बि+ वा माथि प्राप्त गरेका) दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई अध्यक्ष, उपाध्यक्ष लगायत अतिथिहरूले सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक महिला विकास निरिक्षक छबिता देवकोटाले गर्नुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।