FAQs Complain Problems

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाँझो जग्गा उपभोग गरेका कृषकहरुलाई अनुदान वितरण

मिति २०७७ कार्तिक १६ गते रैनादेवी छहरा गाउँपालिका, वडा नं ४ का कृषकहरुलाई बाँझो जग्गा उपभोग गरेबापत अनुदान वितरण कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री राम बहादुर कार्की, उपाध्यक्ष श्री चेत कुमारी थापा, गाउँपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष श्री बिष्णु प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत श्री खेत बहादुर खत्री लगायत कृषि तथा पशु विकास शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वडा नं.४ का वडा सचिव  रविन्द्र रायमाझीले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले कार्यक्रमको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो। अध्यक्ष  राम बहादुर कार्की  र उपाध्यक्ष चेत कुमारी थापाले कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो र रैनादेवी छहरा गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर बनाउन, कोभिड-१९ का कारण बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कृषि तर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी साबित हुने बताउनुभयो साथै अध्यक्ष कार्कीले  रैनादेवी छहरा गाउँपालिकाले पाल्पा जिल्लामै नमुना रुपमा यो कार्यक्रम सफलतापूर्वक संचालन गरेर कृषकहरुको उन्नति र प्रगतिमा सहयोग पुगेको जानकारी गराउनुभयो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।