FAQs Complain Problems

वन क्षेत्रका सरोकारवालाहरूको वार्षिक बैठक सम्पन्न

२०८०/०३/०१ गते
रैनादेवी छहरा गाउँपालिकामा समृद्धिका लागि वन परियोजना अन्तर्गत पालिका वन क्षेत्रका सरोकारवालाहरूको वार्षिक भेला सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक श्री महेश बराल, राजनीतिक दलका प्रतिनिधिहरू, सहायक वन अधिकृत श्री उपेन्द्र अर्याल, सामुदायिक वन उपभोक्ता महासंघ, रैनादेवी छहराका अध्यक्ष श्री श्रीकृष्ण आत्रेय, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वन अधिकृत श्री सुरूची भट्टराई, सहायक वन अधिकृत श्री उपेन्द्र अर्यालले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई परियोजना र वन ऐन सम्बन्धी प्रस्तुतिकरण दिनुभएको थियो। 

कार्यक्रममा उठेका गुनासो, सुझाव, जिज्ञासा सम्बन्धी विषयमा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक श्री महेश बराल, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तब्य समृद्धिका लागि वन परियोजनाको सम्पर्क व्यक्ति योजना अधिकृत श्री अमृता पौडेलको दिनुभएको थियो र सञ्चालन आ.ले.प. श्री हरि प्रसाद पराजुलीले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।