FAQs Complain Problems

वार्षिक समिक्षा कार्यक्रम सम्मपन्न

२०७९ साल भाद्र ६ गते, सोमबार, छहरा।

रैनादेवी छहरा गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ मा भएका कार्यक्रमहरूको समिक्षा गर्न वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको  सभाहलमा सञचालन भएको कार्यक्रमको अध्यक्ष गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई हुनुहुन्थ्यो। उपाध्यक्ष युवराज थापा लगायत अन्य कार्यपालिका सदस्यहरूर कार्यालयका सम्पूर्ण शाखाका कर्मचारीहरूको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले आ.व. २०७८/७९ मा भएका कार्यहरूको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो। 

रैनादेवी छहरा गाउँपालिकामा विभिन्न शाखाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको बारेमा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराउनु भएको थियो। अध्यक्ष रुक्माङ्गत भट्टराईले अघिल्लो आ.व. मा भएका कार्यक्रमहरूको प्रगति राम्रो देखिएको र आगामी दिनमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिनुभयो।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।