FAQs Complain Problems

विद्यालयका प्राधानाध्यापक र लेखा कर्मचारीहरूका लागि लेखा तथा विद्यालय व्यवस्थापन तालिम सञ्चालन

२०८०/०३/१३ गते

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयका प्राधानाध्यापक र लेखा कर्मचारीहरूका लागि लेखा तथा विद्यालय व्यवस्थापन तालिम सञ्चालन भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष श्री युवराज थापा, सामाजिक विकास समितिका संयोजक श्री हुमान सिंह कार्कीको आतिथ्यतामा सञ्चालन भएको थियो। शिक्षा अधिकृत निशा पाण्डे, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यक्रम समिति सदस्य श्री शारदा रायमाझीको अतिथिको रूपमा उपस्थिति रहेको थियो।

सहभागीहरूलाई गाउँपालिकाका इन्जिनियर श्री किशोर खनाल, आ.ले.प. श्री हरि प्रसाद पराजुली, जिन्सी शाखा प्रमुख श्री प्रकाश के.सि.ले प्रशिक्षण दिनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।