FAQs Complain Problems

विद्यालयका शिक्षकहरूलाई कम्प्युटर तथा IEMIS तालिम सुरु

२०८०/०२/१० गते

रैनादेवी छहरा गाउँपालिका, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आज देखि ४ दिन सम्म चल्ने विद्यालयका शिक्षकहरूलाई कम्प्युटर तथा IEMIS तालिम सुरु भएको छ।

गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष श्री युवराज थापा, सामाजिक विकास समिति संयोजक श्री हुमानसिंह कार्की, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, शिक्षा समिति सदस्यहरू श्री नल बहादुर राना, श्री झलक बहादुर रायमाझी, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्य श्री शारदा रायमाझी, श्री पदम सोमै, शिक्षा अधिकृत श्री निशा पाण्डे लगायतको उपस्थितिमा तालिमको उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले ब्यानरको विवरण पढेर उद्‍घाटन गर्नुभएको थियो।

१०, ११ गते प्रा.वि.का शिक्षकहरूलाई र १२, १३ गते मा.वि.का शिक्षकहरूलाई तालिम प्रदान गरिनेछ। तालिममा रिब्दीकोट गाउँपालिकाका शिक्षा अधिकृत श्री मणि प्रसाद खनालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।