FAQs Complain Problems

विद्यालय व्यवस्थापकहरूलाई तालिम सम्पन्न

२०८० असार १८ गते
रैनादेवी छहरा गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि "विद्यालय व्यवस्थापकहरूका लागि विद्यालय व्यवस्थापन सम्बन्धी एक दिवसिय क्षमता विकास तालिम" सञ्चालन भएको छ ।

तालिमको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा २ नं वडाध्यक्ष श्री दान बहादुर पौडेल, ३ नं वडाध्यक्ष श्री प्रदिप पौडेल, ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझी, ५ नं वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री हुमान सिंह कार्की, ८ नं वडाध्यक्ष श्री रेम बहादुर राना, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष श्री नल बहादुर राना, शिक्षा अधिकृत श्री निशा पाण्डेको आतिथ्यता रहेको थियो ।

सहभागी व्यवस्थापन समितिका अध्यक्षहरूलाई जिल्ला शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख श्री दिपेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखाका प्रा.स. श्री राजाराम भाटले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।