FAQs Complain Problems

विपद् पूर्व तयारीका लागि कार्यक्रम

२०८०/१२/१५ गते, बिहिबार ।

रैनादेवी छहरा गाउँपालिका, वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको विपद् पूर्व तयारीका लागि पालिकाको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक महेश बरालको अध्यक्षता, वडा नं ८ का वडाध्यक्ष रेम बहादुर रानाको प्रमुख आतिथ्यता, वडा नं ६ का वडाध्यक्ष दोम बहादुर घर्तीको विशिष्ट आतिथ्यता, कार्यपालिका सदस्य कविता खनाल, डिभिजन वन कार्यालयका वन अधिकृत मणिराम खनाल, वन, वातावरण तथा विपद् व्यवस्थापनका सदस्य बुद्ध राना, भिमा कला खाम्चा, वडा सदस्य तारा कुमारी सार्की, टोप बहादुर पुन, सामुदायिक वन महासंघका गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेय, सामुदायिक वन महासंघका जिल्ला सदस्य टिकाराम पोखरेल, दिल बहादुर खाम्चा, अस्थायी प्रहरी चौकी बेलबासका प्रमुख विष्णु प्रसाद रेग्मीको आतिथ्यतामा र वडा नं ६, ७, ८ का सामुदायिक वनका अध्यक्षहरू/ प्रतिनिधिहरूको उपस्थितिमा वडा नं ८ सत्यवतीमा सम्पन्न भयो। कार्यक्रमको संचालन र प्रस्तुतिकरण वन प्राविधिक सुरुची भट्टराईले गर्नुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।