FAQs Complain Problems

सत्यवती मा.वि.मा विद्यालय नर्स कार्यक्रम शुभारम्भ

२०८०/०८/०७ गते

रैनादेवी छहरा गाउँपालिका, ८ नं वडामा रहेको श्री सत्यवती माध्यमिक विद्यालयमा गाउँपालिकाको तर्फबाट एक जना नर्सिङ कर्मचारी राख्ने गरी विद्यालय नर्स कार्यक्रमको शुभारम्भ भएको छ ।

कार्यक्रम वि.व्य.स. अध्यक्ष दिलमान सिंजालीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष युवराज थापाको विशिष्ट आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, स्वास्थ्य शाखा प्रमुख जिबन राना, शिक्षा अधिकृत निशा पाण्डे, मेडिकल अधिकृत डा. शिशिर कुमार पटेल, ८ नं वडाध्यक्ष रेम बहादुर राना, ६ नं वडाध्यक्ष दोम बहादुर घर्ती लगायतको आतिथ्यतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जिबन रानाले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो र अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, वडाध्यक्ष रेम बहादुर राना लगायतले मन्तब्य राख्नुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।