FAQs Complain Problems

सार्वजनिक सुनुवाई सम्पन्न

२०८०/१०/२८ गते, अमलाबास ।

रैनादेवी छहरा गाउँपालिकाले आ.व. २०८०/८१ मा सम्पादन गरेका योजना तथा कार्यक्रम तथा सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाको सम्बन्धमा पृष्ठपोषण लिने र कार्यप्रगति विवरण जानकारी गराउने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरु, शाखाका प्रमुखहरू तथा सरोकारवाला पक्षहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो र उपाध्यक्ष युवराज थापाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा मान बहादुर थामी, माधव प्रसाद अर्याल, कृष्ण पोखरेल, किशोर कुमार कँडेल लगायतका वक्ताहरूले गाउँपालिकाको असल अभ्यासहरूको प्रशंसा गर्दै सुधार गर्नुपर्ने पक्षको बारेमा सुझाव दिनुभएको थियो । सुनुवाईका क्रममा उठेका जिज्ञासाहरूको सम्बोधन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका प्रमुखहरूले गर्नुभएको थियो ।

कार्यक्रममा सहजीकरण सामुदायिक रेडियो मुक्तिनाथका प्रबन्धक भुवन रायमाझीले गर्नुभएको थियो । कार्यक्रममा पाल्पा जिल्लाका पत्रकारहरू माधव प्रसाद अर्याल, कृष्ण पोखरेल, सन्तोष गहतराज लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।