FAQs Complain Problems

४ नं वडामा सार्वजनिक सुनुवाई सम्पन्न

२०७९ फागुन २८ गते

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२८ गते ४ नं वडा कार्यालय, छहरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ४ नं वडाका वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझीको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रममा जि.स.स सदस्य श्री विष्णु घिमिरे, भौतिक पूर्वाधार विकास समितिका संयोजक श्री लक्ष्मण हिताङ्ग, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक श्री महेश बराल तथा गाउँपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर अध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरू तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।