FAQs Complain Problems

५ नं वडामा सार्वजनिक सुनुवाई सम्पन्न

२०७९ फागुन २९ गते

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२९ गते ५ नं वडा कार्यालय, मुझुङ्गमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ५ नं वडाका वडाध्यक्ष श्री हुमान सिंह कार्कीको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, लेखा अधिकृत श्री लिलामणि बश्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा वडा सदस्यहरू तथा गाउँपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ५ नं वडाध्यक्ष श्री हुमान सिंह कार्कीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर अध्यक्ष, वडाध्यक्ष, लेखा अधिकृतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।