समाचार
रैनादेवी छहरा पूर्ण खोप सुनिश्चित पालिका घोषणा
२०७९ असार २०, छहरा।
आज एक कार्यक्रमका बिच रैनादेवी छहरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिकाको बैठक हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीले गर्नुभएको थियो र प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई तथा विशिष्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरी रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षहरू सोम बहादुर दर्लामी, दान बहादुर पौडेल, प्रदिप पौडेल, हुमान सिंह कार्की, रेम बहादुर राना लगायत अन्य कार्यपालिका सदस्य तथा स्वास्थ्य शाखा/स्वास्थ्य चौकीका कर्मचारीहरु तथा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।
गाउँपालिकालाई पूर्ण खोप सुनुश्चित बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका स्वास्थ्य चौकी प्रमुखहरू तथा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईलाई पूर्ण खोप सुनिश्चितता पालिका प्रमाण पत्र प्रदान गर्नुभएको थियो र रैनादेवी छहरा गाउँपालिका आगामी वर्षहरूमा पनि निरन्तर रूपमा पूर्ण खोप सुनिश्चित पालिका कायम हुने विश्वास व्यक्त गर्नुभयो।पालिका अध्यक्ष भट्टराईले यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै जिल्ला स्वास्थ्य कार्यालय, सुआहाराका प्रतिनिधिहरूलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रममा ६० वर्ष पुगेर सेवा छोड्दै गर्नुभएका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो र गाउँपालिका भित्र उत्कृष्ट हुन सफल जुठापौवा स्वास्थ्य चौकीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन र सहजीकरण स्वास्थ्य शाखा प्रमुख जिबन रानाले गर्नुभएको थियो।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।