FAQs Complain Problems

एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम , सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

२०७९ भाद्र ३१ गते, छहरा।

रैनादेवी छहरा गाउँपालिकामा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम , सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशाकीय अधिकृत दिनेश सारुको आतिथ्यता, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँकार्यपालिकाको कार्यालयका विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख जिबन रानाले गर्नुभएको थियो। सुआहाराका तर्फबाट फिल्ड संयोजक दिनेश घिमिरे, पोषण सहजकर्ता निशा राउत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुआहाराका फिल्ड संयोजक दिनेश घिमिरेले रैनादेवी छहरामा गाउँपालिकामा सुआहारा दोस्रो कार्यक्रमले गरेका कार्यहरूको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो। सुआहाराले पोषण तथा अन्य स्वास्थ्य क्षेत्रमा पुर्‍याएका योगदानलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले सुआहारा अन्तर्गतका कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टराईले सुआहारालाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य र पोषणको क्षेत्रमा गाउँपालिकाले विशेष प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।