FAQs Complain Problems

रैनादेवी छहरा गाउँपालिकाको स्थानीय बजार अनुगमन

२०८० कार्तिक २३ गते

रैनादेवी छहरा गाउँपालिकाको स्थानीय बजार अनुगमन टोलीले उपाध्यक्ष युवराज थापा, आर्थिक विकास समितिका संयोजक तथा ३ नं वडाध्यक्ष प्रदिप पौडेल, कार्यपालिका सदस्य महेश बराल लगायतको उपस्थितिमा भालुखान बजार र अमलाबास बजारक्षेत्र अनुगमन गरेको छ ।

अनुगमनका क्रममा गाउँपालिकामा दर्ता/सूचीकृत नभएका व्यवसायहरूलाई दर्ता/सूचीकृत गर्नुहुन, फेला परेका म्याद गुज्रेका सामानहरू जफत गरी त्यस्ता वस्तुको समयमानै उचित व्यवस्थापन गर्न, मूल्य सूची, बोर्ड देखिने गरी राख्न व्यवसायिहरूलाई सुझाव दिइएको छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।