समाचार
एकीकृत घुम्ती शिविर सम्पन्न
रैनादेवी छहरा गाउँपालिकाका नागरिकहरूलाई वडास्तरबाटै सेवा प्रवाह गर्ने उद्देश्यले वार्षिक बजेट कार्यान्वयन गर्न उपभोक्ता समितिहरूबाट सञ्चालन हुने योजनाहरूको वडागत रूपमा सम्झौता, मेडिकल अधिकृत सहितको नि:शुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवा सहित २०८० असोज २१ गते १ नं वडा सिद्धेश्वरमा र कार्तिक १४ देखि कार्तिक २० गते सम्म अन्य वडाहरूमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।
शिविरमा भएका कार्यहरू:
१. नि:शुल्क स्वास्थ्य शिविर : मेडिकल अधिकृत डा. शिशिर कुमार पटेल, अ.हे.ब. विष्णु बहादुर पौड्याल सहितको टोलीले जम्मा २७१ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि नि:शुल्क वितरण गरेको छ ।
२. उपभोक्ता समिति मार्फत सञ्चालन हुने १०१ वटा योजनाहरूको सम्झौता भएको छ ।
३. गाउँपालिकाभित्र सञ्चालन भएका २० वटा व्यवसाय दर्ता तथा नवीकरण गरिएको छ ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।