FAQs Complain Problems

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

२४ फागुन, छहरा । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरी मनाइयो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगाे विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । रैनादेवी छहरा गाउँपालिका तथा मातहतका वडा कार्यालयले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन्। छहरामा बिहान प्रभातभेरी कार्यक्रम र त्यस पछि गाउँपालिका कार्यालयको प्राङ्गणमा महिला सम्मान कार्यक्रम राखिएको थियो। सो कार्यक्रममा बोल्दै वक्ताहरूले नारी दिवसको महत्व र नारीहरूको हकहितको बारेमा बोल्नु भएको थियो। कृषक महिलाहरूलाई पालिकाले अनुदान पनि उपलब्ध गराएको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।