FAQs Complain Problems

आ.व. २०७९/८० को वार्षिक बजेट पारित

२०७९ असार १०, छहरा।

रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १२ औँ अधिवेशनले आ.व.२०७९/८० को लागि वार्षिक बजेट सर्वसम्मतले पारित गरेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष युवराज थापाले वार्षिक बजेट सभामा पेश गर्नुभएको थियो। 

कुल बजेट: ६४ करोड ६९ लाख २५ हजार

चालु तर्फ: ४२ करोड २ लाख ७३ हजार

पुँजीगत तर्फ: २२ करोड ६६ लाख ५२ हजार

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।