FAQs Complain Problems

तीन दिने एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) तालिम सम्पन्न

रैनादेवी छहरा गाेउँपालिका, शिक्षा शाखाको आयोजनामा "तिन दिने एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली तालिम" रैनादेवी छहरा गाउँपालिकाको ४ नं वडाको सभाहलमा मिति २०७९/०२/११ देखि १३ गते सम्म सञ्चालन भई सम्पन्न भयो। गाउँपालिकाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा कार्यक्रमको उद्घाटन कार्यक्रम भएको थियो भने समापन समारोहमा प्रमुख प्रशासकीय अधसकृत श्री राजीव पन्थी, ४ नं वडाका वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझीको उपस्थिति रहेको थियो। तालिममा गाउँपालिका भित्रका २७ वटा विद्यालयका कम्प्युटर शिक्षक/कर्मचारीको सहभागिता रहेको थियो। 

तालिम कार्यक्रमको मुख्य प्रशिक्षक विक्रम बस्नेत, संयोजक शिक्षा अधिकृत निशा पाण्डे तथा प्राविधिक व्यवस्थापन/आन्तरिक प्रशिक्षकमा राजाराम भाट रहनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।