FAQs Complain Problems

१२ औँ गाउँसभाको अधिवेशन

असार ८, २०७९, छहरा। रैनादेवी छहरा गाउँपालिकाको १२ औँ गाउँसभाको उद्घाटन तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतीकरण समारोह गाउँ कार्यपालिकाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षता र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, लुम्बिनी प्रदेशका मन्त्री, माननीय श्री विर बहादुर रानाको प्रमुख अथित्यतामा सम्पन्न भयो। कार्यक्रममा गाउँसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकारहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष रुङ्कमाङ्गत भट्टराईले सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नभएको थियो र सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भउको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।