FAQs Complain Problems

३ दिने सहकारी लेखा सम्बन्धी तालिम सम्पन्न

२०७९ साल असार २४, छहरा।

रैनादेवी छहरा गाउँपालिकाले सहकारी संस्थाका कर्मचारीहरूलाई ३ दिने सहकारी लेखा तालिम प्रदान गरेको छ। आज सम्पन्न समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रूक्माङ्गत भट्टराईले सहभागीहरूलाई प्रमाण-पत्र तथा प्रशिक्षक श्रीकृष्ण नेपाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो। उहाँले सहकारी सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेर सहकारी क्षेत्रको विकास गर्दै लगिने बताउनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा उपाध्यक्ष युवराज थापा तथा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागीको तर्फबाट मेघराज भण्डारी र श्रीकृष्ण आत्रेयले आफ्ना भनाईहरू राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता गर्नुभएका आर्थिक विकास समितिका संयोजक तथा ३ नं वडाका वडाध्यक्ष प्रदीप पौडेलले चाँडै नै गाउँपालिकास्तरीय सहकारी सञ्जाल निर्माण गरिने जानकारी गराउनुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन गाउँपालिकाको सहकारी फाँटका कर्मचारी पारसमणि पाण्डेले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।