FAQs Complain Problems

SMNH रोडम्याप २०३० सम्बन्धी अभिमुखिकरण कार्यक्रम

१६ जेठ, छहरा। रैनादेवी छहरा गाउँपालिकामा गर्भावस्था देखि सुत्केरी अवस्था सम्म सेवाको निरन्तरताको लागि जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको लागि अभिमुखिकरण तथा तालिम कार्यक्रम (SMNH Roadmap 2030) सुरु भएको छ। कार्यक्रम उद्घाटन पालिका अध्यक्ष रूक्माङ्गत भट्टराईले गर्नुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख जिबन रानाले कार्यक्रममा बोल्दै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। सो कार्यक्रममा पालिका अध्यक्ष रूक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, वडाध्यक्षहरू, स्वास्थ्य संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। यो तालिम ३ दिन चल्ने छ।

 

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।