समाचार
रैनादेवी छहराका उत्कृष्ट कृषकहरू सम्मानित
२०७९ असार २०, छहरा।
रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई सम्मान र प्रोत्साहन गर्न उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेलको अध्यक्षता र गाउँपालिका अध्यक्ष रूक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, प्रवक्ता देवेन्द्र पुन, कार्यपालिका सदस्यहरू लगायत कृषि तथा पशु विकास शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
बङ्गुर पालन, माछा पालन, फलफुल खेती, तरकारी खेती, बाख्रा पालन, गाई पालन, भैँसी पालन, लोकल कुखुरा पालन तथा च्याउ खेती मा उत्कृष्ट हुने कृषकहरूलाई हरेक विधामा प्रथम पुरस्कार स्वरूप रु १५०००/-, द्वितीय पुरस्कार रु १००००/- र तृतीय पुरस्कार रु ५०००/- प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी र अध्यक्ष रुक्माङ्गत भट्टराईले कृषकहरूलाई बधाई दिँदै आगामी दिनमा अझै प्रगति गर्दै अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो।
कृषकहरूको तर्फबाट नारायण बहादुर कार्की, काशि पौडेलले गाउँपालिकालाई धन्यवाद ज्ञापन तथा आफ्ना सुझावहरू दिनुभएको थियो। कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख सुनिता पोखरेलले गर्नुभएको थियो।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।